Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

संवैधानिक इजलासमा अधिवक्ता बन्दीले मागे आफ्ना प्रश्नको जवाफ

संवैधानिक इजलासमा अधिवक्ता बन्दीले मागे आफ्ना प्रश्नको जवाफ

८ असार, काठमाडौं– सर्वोच्चमा संसद विघटनविरुद्धको रिटमा बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति आफ्नो जिम्मेवारी पुरा गर्नबाट चुकेको बताएका छन् ।

संसद विघटनविरुद्ध परेको रिटमा बहस गर्दै अधिवक्ता बन्दीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन भनी प्रश्न उठाएका थिए।

अधिवक्ता बन्दीले विश्वास गुमाइसकेको व्यक्तिले प्रधानमन्त्रीमा दावी गर्न मिल्छ वा मिल्दैन, ७६(५) मा राजनीतिक दलको ह्वीप लाग्छ कि लाग्दैन ? र ७६(५) अनुसार सरकार बनाउँदा पछि के हुन्छ भनेर राष्ट्रपतिले आकलन गर्न कसरी पाउँछ ? भन्दै प्रश्न गरेका थिए ।

राष्ट्रपति कार्यालयले दोहोरो हस्ताक्षर, दोहोरो नाम र दलको निर्णय विपरितको हस्ताक्षरको बारे उल्लेख गर्दै देखाएको कारणमा कटाक्ष गर्दै अधिवक्ता बन्दीले १३६ जनाले बहुमत पुग्नेमा १४९ सांसदको हताक्षर छ । जसमा १४६ जनाले त अदातल नै आउनुभएको छ । यो भन्दा बलियो आधार के चाहियो र ?’ भनी प्रश्न गरेका थिए ।

यस्तै अधिवक्ता बन्दीले ७६(५) मा राजनीतिक दलसम्बन्धी ऐन आकर्षित हुन्छ की हुँदैन भनी पनि प्रश्न गरेका थिए ।

अधिवक्ता बन्दीले यी प्रश्नको जवाफ इजलासले दिनुपर्ने बताउँदै बहस सुरु गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE