सूर्यविनायकको गाई फार्ममा २० वर्षीय युवकको हत्या
२ वैशाख, भक्तपुर – भक्तपुरको सूर्यविनायकामा रहेको एउटा गाई फार्ममा एक युवकको हत्या भएको छ ।
सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित गाई फार्ममा धारिलो हतियार प्रहार गरी सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।
सिपाडोलमा कविराज बस्नेतको जग्गामा टहरा बनाइ गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फार्म राईको हत्या भएको हो । धारिलो हतियारले घाँटी टाउकोलगायतका स्थानमा काटेको अवस्थामा राईको शव फेला गरेको प्रहरीले जनाएको छ ।
राईको हत्याको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्याको आरोपमा फार्म सञ्चालक गोकुलबहादुरका छोरा २० वर्षीय आशिष खुलाललाई पक्राउ गरेको हो ।
भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार राईको हत्या गरेर भाग्दै गरेको सूचनाका आधारमा खुलाललाई पक्राउ गरिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE