Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेकपाका दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावको अर्थ छैन : कांग्रेस


१३ फागुन
काठमाडौं –
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावको अर्थ नभएको स्पष्ट पारेको छ ।
विहीबार ९आज० सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सत्ता सहकार्यको प्रस्तावको अर्थ नभएको स्पष्ट पारेको हो ।

संसद बैठक बसेपछिको परिस्थिति अनुसार कांग्रेसले निर्णय निकाल्ने बताइएको छ । बैठकले नेकपाको दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको भएता पनि तत्कालै कांग्रेस सरकारमा नजाने निषकर्ष निकालेको हो ।

कांग्रेसले सरकारमा जाने वा के गर्ने रु भन्ने बेला नआएको बताउँदै सह(महामन्त्री प्रकाशशरण महतले भने, ‘नेकपा एकै रहन्छ वा अर्को परिस्थिति आउँछ भन्ने कुरा कम्युनिस्ट पार्टीको कुरा हो । त्यो संसद बैठक बसेपछि टुंगो हुन्छ ।’

कांग्रेसमा एकमत रहेको बताउँदै उनले अहिलेको अवस्थामा कसको पक्षमा लाग्ने भन्ने निर्णय गर्दा अपरिपक्व हुने बताए । साथै, कम्युनिस्ट पार्टी कसरी अगाडि बढ्छ रु भन्ने कुरामा कांग्रेसको भूमिका रहने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE