चोर बाटोबाट अध्यादेश ल्याइएको भन्दै नेविसंघको विरोध
२२ वैशाख, काठमाडौँ – सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध जनाएको छ । अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न नेविसंघले माग गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गर्नुभएको थियो ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र उदांगो बनाएको टिप्पणी गर्नु भयो।
अध्यादेश जारी गरेर आफ्नो पदीय गरिमाको धज्जी उडाएको भन्दै उहाँले राष्ट्रपतिको समेत आलोचना गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE