पूर्व राजाको जन्मोत्सवमा वृक्षारोपण र रक्तदान कार्यक्रम
२५ असार, सुनसरी – इनरुवा नागरिक समाजका अगुवाहरुले पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७५ औं शुभ जन्मोत्सवको उपलक्षमा संदेशमुलक कार्यक्रम गरी सम्पन्न गरेका छन् ।

आफ्नै रोजगारी र श्रममा व्यस्त नागरिक समाज, सुनसरीले असार–२३ गते विद्यालय, मन्दिर लगायतका सार्वजनिक स्थानमा विभिन्न प्रजातिका २०० विरुवा रोपेका छन् । यसै गरी असार–२४ गते ४१ जनाले रक्तदान दिएर राजाको शुभ जन्मोत्सव सम्पन्न गरेका छन् ।

शुभ जन्मोत्सवको उपलक्ष्यमा नागरिक समाज इनरुवा सुनसरीले आज भगवती माबि इनरुवा, शारदा माबि बलाहा परिसर साथै बबिया र इनरुवा स्थित भगवती मन्दिरमा बृक्षारोपण गरेका हुन् ।

नागरिक समाजका अगुवा मोही नारायण चौधरीले रोग, भोक र शोकमा परेका जनताको अभिभावकत्व राजाले ग्रहण गर्नका लागि पनि यो समारोहले बल पुगोस भन्ने चाहना व्यक्त गरे । अर्का सहभागि विश्वनाथ रिजालले विगतका समयमा आफुहरुले प्रकृति प्रेमी राजाको शुभ जन्मोत्सवको उपलक्ष्यमा यस्तै सन्देशमुलक कार्यक्रम सम्पन्न गर्दै आएको कुरा वताएका छन् ।

भोकले ग्रस्त परिवारको खोजी गरी राहत सामाग्री समेत जुटाउने प्रयास गरिरहेको वारे नागरिक समाजका पूर्व डिआइजी ऐनविर रानाले वताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE