Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

युरोकप २०२१ः तीन पटकको च्याम्पियन स्पेन बलियो स्वीडेनसँग भिड्दै, आज पनि तीन खेल हुँदै

युरोकप २०२१ः तीन पटकको च्याम्पियन स्पेन बलियो स्वीडेनसँग भिड्दै, आज पनि तीन खेल हुँदै

३१ जेठ, काठमाडौं– युरोकपको जारी १६औं संस्करण अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछ । जारी प्रतियोगितामा आज समूह डी को एक तथा समूह ई को दुई खेल हुन लागेका हुन् ।

आज हुने खेलहरुमा प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा समूह डी का चेक रिपब्लिक र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार सो खेल साँझ ६ः४५ देखि सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा समूह ई मा रहेको पोल्याण्ड र स्लोभाकियाबीच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।

यता आजै हुने अन्तिम खेलमा सर्वाधिक तीन पटकको च्याम्पियन स्पेनले स्वीडेनसँग खेल्दैछ । स्पेन र स्वीडेनबीचको खेल राति १२ः४५ बजे देखि स्पेनको घरेलु मैदान स्टेडियो डे ला कार्टुजामा सुरु हुनेछ ।

स्पेन आफ्ना कप्तान सर्जियो बुस्केट बिना मैदानमा उत्रनेछ । स्पेनका कप्तान बुस्केट यतिबेला कोरोना संक्रमणका कारण अहिले सेल्फ आइसोलेसनमा छन् र खेल खेल्ने छैनन् ।

यस्तै कोरोना संक्रमणबाट मुक्त भएका डिएगो लरेन्टे भने खेल्न सक्नेछन् । स्वीडेनका डेजान कुलुसेभ्सी र माथियस स्भानवर्ग पनि कोरोनाका कारण खेलबाट वञ्चित हुनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE