Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

गाउँ र सहरको बिचमारहेको हाम्रो सम्बन्ध ….

मानवलाई सामाजिक प्राणी भन्ने गरिन्छ तर म सामाजिक भन्दा पनि भौति प्रणी भन्न रुचाउछु कारण यदि सामाजिक प्राणी भन्ने नैहा भने गाँ र सहर बिचको मानवमा मन मन बिचको धरातल र बिभेद किन ? मानविय तृष्णता यदि हुदैन थियो भने गाँका मानिसलाई पाखेको उपनाम दिन आवश्यक नै थियो र ! यदि थिएन भनी उसको र मेरो सम्बन्ध किन सम्भभव रहेन त ।

मलाई आज पनि सम्झना छ तिमि म अनि हाम्रो सम्बन्ध त्यो मधुर साझ हल्का पानि परेर रोकिएको क्षण मधुर प्रकाश बीच मा उदाएकी तिमि त्यहि भिड मा एक्लै अनायासै रुमल्लिएको म तिमि छुट्टै समाज मा जन्मिएकी मा छुट्टै समाज मा हुर्किएको कसरि हाम्रो आखा जुध्थियो र रु हो कसरि मिल्थ्यो र हाम्रो सस्कृति परम्परा अनि रितिरिवाज तिमि सहरी वातावारण मा हुर्किएको अनि मा गाउले परिवेश मा मा हिलो धुलो उकाली ओराली भेडा बाख्रा आदि संग खेल्दै हुर्केको तिमि न त धुलो देख्येउ न उकाली ओराली चड्ने मौका नै पायौँ हो हाम्रो सम्बन्ध नि ति पहाड भन्दा कहाँ कम छ ।

त्यो पहाड को चुचुरी मा पुग्न कति मेहनत गर्न पर्छ कयेउ ढुंगा माटो संग खेल्दै हात पाखुरा अनि शरीरको भिन्न ठाउँमा चोट सहदै माथि चुचुरी मा पुग्ने बहाना मा कति प्रयत्न गर्नु पर्छ त्यो त तिमि लाइ के थाहा छ र तिमि त शहरी परिवेश मा चाउचाउ,पिज्जा बर्गर मा रमाउन सिकेको मान्छे म त खोले सिस्नु ढिडो र गुन्द्रुक लाइ आहारा बनाउदै बचेको मान्छे तिमि लाइ के थाहा र गाउले समाजमा रमाउनु को मज्जा शहरमा डिस्को बार क्लब मा रमाउने तिमीलाई के थाहा र रोधी र दोहोरि को मज्जा हाम्रो सम्बन्ध पनि यो सब समाज सस्कृति चालचलन जस्तै फरक छ अनि कसरी बन्छ ।

म र तिमि बीच मधुर सामिप्यता हो यी सब कुरा ले गर्दा नै तिमि र म मा भिन्नता छ त्यो मधुर प्रकाश सुमधुर संगीत को ध्वोनी त्यही भिड मा खडा भएको तिमि र म हाम्रो सम्बन्ध जहाँ जे जस्तो भए पनि तिमि गगन चुम्बी भवन लै माया गर्थियेउ त मा गाउ मा खर ले छाहेका घरलाई माया गर्थे तिमि र म बीच को सम्बन्ध कहाँ राम्रो होस् त एक कप चिया र एक प्लेट म म सिवाय कहिले जीवनयापन को कुरा कहाँ मिल्यो र ज होस् सम्बन्ध चिया र म : म मै मात्र भने पनि बन्यो जसरि मैले म : म ,खान सिके त्यसरी तिमीले साग र सिस्नु मा रमाउन सिकेको भए ।

WRITE COMMENTS FOR THIS ARTICLE