Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

हात्तीको दाह्रा सहित पक्राउ

हात्तीको दाह्रा सहित पक्राउ

१२ साउन, काठमाडौं– प्रहरीले हात्तीको दाह्रासहित बाराबाट तीन जनालाई पक्राउ गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत ३ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE