इटहरीमा एक जनाको हत्या
९ आश्विन, सुनसरी – सुनसरीको इटहरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका २१ वर्षीय राजु थापाको शुक्रबार अपराह्न हत्या भएको हो।सामान्य घरायसी विवादमा थापामाथि छिमेकी ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
छातीमा छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । थापालाई छुरा प्रहार गर्ने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE