Date
मङ्ल, चैत्र १३, २०८०
Tue, March 26, 2024

रामेछापमा एकसाता निषेधाज्ञा हुने

  • अनिता थापा मगर

१९ बैशाख, रामेछाप – बढ्दो कोरोना भाइरस संक्रमण संगै रामेछाप जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख २० गते रातीको १२ बजेदेखी लागुहुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो  ।

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्र रामेछापको आइतबार बसेको बैठकले जिल्लाका बिभिन्न स्थानलाइ लक्षित गर्दै निषेधाज्ञा जारीको छ । जसमध्ये मन्थली नगरपालिकाको वडा नं १ मन्थली बजार, वडा नं २ करमबोट, वडा नं ३ ठुलीमदौँ ,वडा नं ६ कुनौरी र सेलेघाट, वडा नं ७ मुगिटार, वडा नं ८ गाइखुरा, वडा नं १२ देबिटार र वडा नं १४ फुलासी पोखरी बजार क्षेत्रमा निषेधाज्ञा हुने जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्र रामेछापले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE