प्रधानमन्त्री पदमा शेरबहादुर देउवा नियुक्त
प्रधानमन्त्री पदमा शेरबहादुर देउवा नियुक्त
२९ असार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
सर्वोच्च अदालतले हिजो दिएको परमादेश बमोजिम शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार नै राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री मा नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE