Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

लुम्बिनी प्रदेश सभा बैठक पुन : स्थगित

 १३ आश्विन, रुपन्देही – लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको  बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रदेशसभा सचिव दुर्लभ पुन मगरले बताउनुभयो । लुम्बिनी प्रदेश  सभा एमालेले दुई सांसद विमला वोली र अजय बहादुर शाहीलाई  कारवाही गर्न माग गर्दै आएको छ, सोही माग पुरा हुन नसक्दा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE