Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

२७ वर्षीय सापकोटाको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा दाबी

२ आश्विन बागलुङ – नेपाली कांग्रेसको १४ औँ महाधिवेसन महाधिवेशन प्रारम्भ भएर ५६ वटा जिल्लामा वडा अधिवेशन सकिएको छ । बाकीँ २१ जिल्लामा असोज ५ गते वडा अधिवेशन सम्पन गर्ने कांग्रेसको कार्यतालीका छ ।

यो पटक देशैभरका वडाहरुबाट युवाहरुको उपस्थिती बाक्लो देखिएको छ। वाडबाट निर्वाचित सभापती र क्षेत्रिय प्रतिनीधीहरुले निर्वाचित गरेर केन्द्रमा पठाउने महाधिवेशन प्रतिनीधीहरुले नै केन्द्रको नेत्रित्व चुन्ने कांग्रेसको विधान छ।

केन्द्रमा युवाहरुले नेतृत्व दाबी गर्नुपर्ने, युवाहरुको वर्चस्व केन्द्रमा कायम राख्ने रणनितीमा वाडबाट आउने युवा प्रतिनीधीहरु छन् । यसैक्रममा बाग्लुङ जिल्ला क्षेत्र न २ बाट २७ वर्षीय यदुराम सापकोटाले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधीमा दाबी गर्नुभएको छ ।

उहाँले महाधिवेशनमा आफ्नो क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनीधी पदमा प्रत्यासी बन्ने घोषणा गर्नुभएको हो ।अबको नेतृत्व युवा पुस्ता गर्नुपर्ने उहाँको भनाइ छ । युवा पुस्ताले नेतृत्व लिन तयार छ भन्ने सन्देश दिनको लागि आफू मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE