Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

आफूसँग चुनाव लड्न चुनौती दिँदै बादललाई सुदनले भने (फिस्टो मार्न गुलेली नै काफी)

८ आश्विन काठमाडौं –  नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गर्नुभएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिनुभएको हो ।

बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेख्नुभएको छ। ‘ फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी ! सुदन किराती भर्सेस राम बहादुर थापा ।’ सुदन भोजपुबाट दुईपटक प्रत्यक्ष निर्वाचित भइसक्नुभएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE