Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

राजतन्त्रात्मक शैलीमा मध्यरातमा डकैती गरियो : वर्षमान पुन

८ जेठ, काठमाडौँ – माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले मध्यरातमा संसद विघटन गरेर डकैती गरिएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस्ता असंवैधानिक र निरंकुश कदम चाल्न मध्यरातको समय रोज्ने गरेको भन्दै पूर्वमन्त्री पुनले मध्यरातमा संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरिनु आपत्तिजनक भएको बताएका छन्।

पुनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

WRITE COMMENTS FOR THIS ARTICLE