Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

७१ प्रतिशत नेपाली श्रमिकले कोभिडकालमा तलब पाएनन्

६ साउन, काठमाडौँ – कोभिड-२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड(१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्।

प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी० ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । सो अध्ययनले खाडीका श्रम गन्तव्यहरु कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स तथा मलेसियामा कार्यरत श्रमिकले तलब नपाएको, कटौती भएको तथा ढिलो तलब पाएको उल्लेख छ।

श्रम आप्रवासन विज्ञ डा। जीवन बानियाँले अध्ययनका क्रममा सहभागीमध्ये ४० प्रतिशत श्रमिकले कोभिड(१९ का कारण आफ्नो रोजगारी गुमाएको बताए । आजको कारोबार दैनिकमा समाचार छ ।

WRITE COMMENTS FOR THIS ARTICLE