Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एसपीपीबारे माधवको प्रतिक्रिया ‘हुस्की खुवाएर फसाउन सक्छन्’

३ असार, काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताउनुभएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बैठकमा अध्यक्ष नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताउनु भएको हो । कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो ? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन उहाँले भन्नुभयो ।

नेपाली सेना कुनै सैनिक गठबन्धनमा सम्लग्न हुन नहुने उहाँको भनाई छ । कुनै पनि देशको दवावलाई स्वीकार गर्न नसकिने भन्दै अध्यक्ष नेपालले मिठो तरिकाले कुटनीतिमा फसाउन विदेशीले जे पनि गर्न सक्ने बताउनुभयो । उहाँले मिठो कुरा गरेर हुस्की खुवाएर फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE