Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

सीके राउत भन्छन् : ‘३ महिनामा होस् कि ६ महिनामा, निर्वाचन त हुन्छ नै !’

५ माघ
लहान –
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा सोमबार सिरहाको लहानमा आयोजित सभामा उनले भने, ‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।’

निर्वाचनबाट शक्ति आर्जन गरेर मधेशी जनताको हकअधिकार सुनिश्चित गराउनुपर्ने भएकाले निर्वाचन तयारीको तयारीमा जुट्न उनले निर्देशन दिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE