Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा उछाल

नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा उछाल

३ साउन , काठमाडौं– नयाँ आर्थिक वर्षको सुरुवातमै पूँजी बजारमा उत्साह छाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिन सेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९८०.२१ अंकमा पुगेको छ ।

कारोवार रकममा पनि उत्साह छाएको छ । आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार सेयर बजारका सै समूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

आइतबार सर्वाधिक वृद्धि भएका उपसमूहमा विकास बैंक र बैंकिङ रहेका छन् । आइतबार विकास बैंक उपसमूह ५.०५ प्रतिशतले बढ्दा र बैंकिङ उपसमूहमा पनि ४.७१ प्रतिशतको बढोत्तरी आएको छ ।

आजको बढोत्तरीसँगै सेयर बजारमा नयाँ सरकार गठनपछि पर्खर हेरको अवस्थामा रहेको पूँजी बजारमा लगानीकर्ताहरुको अर्थमन्त्रीप्रति विश्वासले काम गरेको लगानीकर्ताहरु बताउँछन् ।

आज सर्वाधिक कमाउनेमा सिन्धु विकास बैंक, ंिसंगटी हाइड्रो लगायत रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE