चर्चामा रहेको ‘क्लबहाउस’ के हो ?
चर्चामा रहेको 'क्लबहाउस' के हो ?
पछिल्लो सातायता नेपालमा पनि ‘क्लबहाउस’ भन्ने शब्द सुनिँदै आएको छ । साधारणतः स्मार्टफोन प्रयोगकर्ताहरुबीच यो शब्दले अहिले निकै नै तहल्का पिट्दै आएको छ । ‘क्लबहाउस’ आखिर के हो त ? यो बारे धेरैलाई जिज्ञासा हुनु स्वभाविक हो । आउनुहोस् आज ‘क्लबहाउस’ बारे चर्चा गरौंः
स्मार्टफोनको जमानामा विभिन्न एपको प्रतिस्पर्धाका बीच आएको ‘क्लबहाउस’ एक एप्लिकेसन हो । एप्लिकेशनलाई एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टम भएका फोनहरुमा चलाउन सकिन्छ । ‘क्लबहाउस’लाई अल्फा एक्सप्लोरेसन कम्पनीका जोन डेभिसन र रोहन सेठले सुरु गरेका हुन् ।
एप सन् २०२० मार्च देखि आइओएस प्रयोगकर्ताका लागि उपलब्ध भएको हो भने एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि आएको मे २०२१ यता मात्रै सुरुवात भएको हो ।
प्रविधिको दुनियाँमा नयाँ–नयाँ एप ल्याउने प्रतिस्पर्धाकाकाबीच आएको ‘क्लबहाउस’मा अडियोका माध्यमबाट संवाद गर्न सकिन्छ ।
विश्वका विभिन्न देशका व्यक्तिहरुसँग अडियोका माध्यमबाट यस एपमा बहस, छलफल र अवसरहरुका बारेमा बुझ्न सकिन्छ । एप प्रयोगकर्ताका लागि क्लबहाउसले सुन्ने र बोल्ने दुवै किसिमको संवादको व्यवस्था गरेको छ ।
सामाजिक सञ्जालमा एक फरक स्वाद पस्किएको हुनाले पनि यस एप अहिले रुचाइएको देखिन्छ ।
‘क्लबहाउस’ जस्तै अडियो सेयरिङ र संवादका लागि ट्विटरको स्पेस, टेलिग्राम, डिसकर्ड स्टेज जस्ता एप रहे पनि ‘क्लबहाउस’मा धेरैको संख्यामा सुन्न र बोल्न मिल्ने हुनुका साथै जोकोही प्रयोगकर्ताले पनि आफ्नै रुम बनाएर छलफलहरु गर्न सक्ने भएकोले यस एप लोकप्रिय रहेको मानिएको छ ।
के युवा, के बुढा, के तन्नेरी ? हरेक समयमा विभिन्न व्यक्तिहरु आ–आफ्नो फुर्सदको समय पारी छलफल आयोजना गर्ने विभिन्न विषयमा बहस गर्ने एउटा गज्जबको प्लेटफर्म बनेको युवा पुस्ताहरु बताउँछन् ।
यता अर्कोतिर केही दशक पार गरेका व्यक्तिहरुपनि आफूहरुलाई यस एपले गर्दा अहिलेको युवा पुस्ता के चाहन्छ भन्ने बुझ्नका लागि यस एपमा भएका रुमहरुबाट उनीहरुका रुचि र विचार सुन्दै आफ्नो सोचलाई परिमार्जन गर्न सहयोग पुगेको बताउँछन् ।
विश्वमा चिर–परिचित व्यक्ति र सेलिब्रेटीहरुको पनि उपस्थिती रहनुले पनि एपलाई अझ लोकप्रीय बनाएको छ ।
अहिले ‘क्लबहाउस’ एपमा तपाईंलाई एप प्रयोकर्ता कोही साथीले इन्भाइट गरेको खण्डमा मात्र यस एपमा जोडिन मिल्छ । यद्यपि ‘क्लबहाउस’ले चाँडै नै इन्भाइट गरेर मात्र जोडिने मिल्ने व्यवस्था हटाउने ट्विटर मार्फत जनाएको छ ।
एन्ड्रोइडमा मात्र यस एप बीसलाख भन्दा बढीपटक डाउनलोड भइसकेको छ ।
(एजेन्सीको सहयोगमा)
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE