Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘देशको हिरो प्रचण्ड नै हो’ : अध्यक्ष प्रचण्ड

१६ असोज, काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताउनुभएको छ। शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर भनेको उहाँले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, बुद्धिजीवी, पत्रकार, पार्टीका साथीहरु, नागरिक आन्दोलकर्मी । र, सबैले भन्नुहुन्छ ​(टुक्रिनेहरुले पनि) देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि बल्ल आफूले ज्ञान प्राप्त गरेको र मान्छे भएको पनि अध्यक्ष प्रचण्डले भन्नुभएको छ। उहाँका अनुसार दुईवटा खुड्किला पार गरेर आएपछि अहिलेचाहिँ मान्छे बन्ने अवसर पाएँ ।

केपी ओली खलनायक भएको पनि अध्यक्ष प्रचण्डले भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘नायक नायक नै हुन्छ, खलनायक खलनायक नै हुन्छ । पहिलो र दोस्रो संसद विघटनको क्रियाकलापले त्यो प्रमाणित गर्यो ।’

संसद विघटनका समयमा प्रतिक्रियावादी र आफ्नै साथीहरुले प्रचण्ड सकियो भन्दा औँधी पीडा भएको उहाँले बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादीले पनि सिधियो । आफ्नाले पनि सिधियो भन्दा पीडा हुँदोरहेछ ।

तर, अहिले यहाँ आउँदाचाहिँ म खुसी छु । सडकमा गइसकेपछि सुते भनेकाहरु उठेर आए, निराशा भएका जनताहरु लाखौँको संख्यामा सडकमा आउनुभयो । र हामीले भन्यो यो फेरि नयाँ जनयुद्ध सुरु भयो ।

हामी जेल, नेल र मृत्यु भोग्न पनि तयार तर, अहिले प्रतिक्रियावादीहरु जालझेल, षड्यन्त्र र रातो भेषमा आउने गरेको पनि उहाँले बताउनुभएको छ । अध्यक्ष प्रचण्ड अघि बोलेका नेताहरुले माओवादीले अब गाउँ गाउँमा भण्डाफोर अभियान चलाउनुपर्ने बताउनुभएको थियो ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

WRITE COMMENTS FOR THIS ARTICLE