Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्ड-नेपाल समूहको बैठकबाट अचानक बाहिरिए घनश्याम भुसाल

२४ फागुन
काठमाडौँ –  प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन ।

भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गर्नु भएको छ ।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ । बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE