Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

चितवनमा एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

११ कात्तिक
काठमाडौँ – चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी हुनुहुन्थ्यो ।

WRITE COMMENTS FOR THIS ARTICLE