Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

२४ घन्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण, थप १ सय ३० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किए

श्रावण ११, काठमाडौँ
पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ सय ३० नयाँ संक्रमित थपिएको जानकारी दिनुभएको हो । यो संगै देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म १३ हजार १ सय २८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो ।
त्यस्तै ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित उपचारमा रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९ सय ३ रहेका छन् । गएको २४ घन्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमति दैलेखमा २५ जना, काठमाडौं र इलाममा, ८/८ जना, झापा, सिरहा, उदयपुर, तेह्रथुम, धनकुटा, दाङ, नुवाकोट, मकवानपुर, रौतहट, बारा, रुपन्देही, जुम्ला र अर्घाखाँचीमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सुनसरी, सोलुखुम्बु, नवलपरासी पूर्व, गोरखा, बाँके र महोत्तरीमा, २/२ जना तथा कास्की, रोल्पा, सुर्खेत, बाजुरा र कञ्चपुरमा ३/३ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै, पर्सामा ४ जना, बर्दियामा ६ जना, अछाममा १४ जना र मोरङमा २६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ल्याबमा ६ हजार ३ सय ६० नमुना परीक्षण गर्न सकिनेछ । हालै मात्र ७ वटा आएनए एक्ट्याक्सन मेसिन ल्याइएको छ । यो सञ्चारमा आएपछि थप ८ हजार ८ सय नमुना परीक्षण गर्न सकिनेछ भने निजी प्रयोगशालाहरुले ३ हजार नमुना परीक्षण गर्न सकिनेछ । अब छिट्टै दैनिक १८ हजार नमुना परीक्षण गर्न सकिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE