प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा गठन भएको संवैधानिक इजलासमा ११ न्यायाधीश नराख्न माग
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा गठन भएको संवैधानिक इजलासमा ११ न्यायाधीश नराख्न माग
२१ जेठ, काठमाडौं– संसद विघटनविरुद्धको रिटको संवैधानिक इजालसमा सर्वोच्च ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ । अदालतमा रहेको संसद विघटनविरुद्धको रिट सुनुवाइ गर्ने बेञ्चमा ११ जना न्यायाधीशलाई नराख्न निवेदन दिइएको हो ।
धेरै जना न्यायाधीश राख्दा रिट सुनुवाइमा स्वार्थ बाझिने भन्दै अधिवक्ता राजाराम घिमिरेले निवेदन दिनुभएको हो । यद्यपि निवेदन अहिलेसम्म दर्ता हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
अधिवक्ता घिमिरेले संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई नराख्न माग गरेका हुन् ।
सर्वोच्चमा अहिले इजलास गठन विवादका कारण संसद विघटनसम्बन्धी ३० रिट विचाराधीन छन् ।
अदालतमा यसअघि परेका विभिन्न रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा तथा रिट निवेदकको पक्षमा फैसला गरेकाले अधिवक्ता घिमिरेले अहिले उनीहरुबाहेक अरु न्यायाधीश राखेर इजलास गठन गर्नुपर्ने माग गर्नुभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE