Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

३१ जेठ, काठमाडौं– प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका(४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

गुरुङलाई एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE