Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

सेयर बजारलाई कारोवार रकमको साथ, झिनो अंकले बजार घट्दा पनि कारोवार रकमको ‘रेकर्ड ब्रेक’

सेयर बजारलाई कारोवार रकमको साथ, झिनो अंकले बजार घट्दा पनि कारोवार रकमको ‘रेकर्ड ब्रेक’

१३ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज १४ अर्ब बढीको सेयर कारोवार भई पुनः सर्वाधिक कारोवार रकमको ‘रेकर्ड ब्रेक’ भएको छ । तीव्र उतारचढाव देखिएको बजारमा आज कुल १४ अर्ब ७१ करोड १९ लाख २९ हजार ९ सय १६ रुपैयाँबराबरको कारोवार हुँदै नयाँ रेकर्ड बनेको हो ।

सेयर बजार परिसूचक नेप्से १ दशमलव २० अंकले घटेको थियो । झिनो अंकको करेक्नआउँदा आज जम्मा २ सय १५ कम्पनीको कुल ४ करोड १७ लाख २८ हजार १ सय ९७ कित्ता सेयर किनवेच भएको छ ।

बजामा आज दश प्रतिशत बढ्दै सर्किट ब्रेक लाग्नेमा यूनाइटेड मादी हाइड्रो पावर, नेपाल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै, हाइड्रोपावरकै अन्य कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक रकम कमाएका छन् ।

बजारमा सबैभन्दा बढी गुमाउनेमा लघुवित्तका लगानीकर्ताहरु रहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE