Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पराजित भएपछि बादलले दिए मत दिनेलाई धन्यवाद

६ जेठ, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थापाले समाजिक सञ्जालमार्फत आफूलाई मतदान गर्ने तथा निर्वाचनमा सहभागी भएका वागमती प्रदेश सभाका सदस्यहरू, महानगरपालिकारउपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका हुन् ।

साथै उनले विजयी उम्मेदवार देवकोटालाई बधाई पनि दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिकार उपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’

WRITE COMMENTS FOR THIS ARTICLE