Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रधानमन्त्रीलाई भेटेर विप्लवले सोधे : बन्दी रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ ?

९ चैत
काठमाडौं –
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै भेटेर आफ्ना नेतारकार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ भन्दै जिज्ञासा राखेका छन्।
सोमबार दिउँसो १२ बजेतिर विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

‘हामीले वार्ता गरेको दुई हप्ताभन्दा धेरै भइसक्यो। हाम्रा नेता कार्यकर्ता रिहा भएका छैनन्। मुद्दा फिर्ता लिने प्रक्रिया पनि सुरु भएन’ विप्लवको भनाइ उदृढ गर्दै केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले भने, ‘वार्तामा भएको सहमति किन पालना भएनरु के कारणले ढिलाइ भइरहेको छ?’

जवाफमा प्रधानमन्त्री ओलीले बन्दी रिहा र मुद्दा फिर्ताको प्रक्रियामै रहेकाले केहीदिन पर्खिन आग्रह गरेको चलाउनेले बताए। ओली र विप्लववीच झण्डै एक घण्टा बन्दी रिहा, मुद्दा फिर्तासहित अन्य राजनीतिक विषयमा छलफल भएको बताएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE