Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मुस्ताङमा जमिन भासिएर कालिगण्डकी नदी थुनियो, माटो हटाउन सुरक्षाकर्मी परिचालन

सीताराम थापा
बागलुङ-हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको छैरो भन्ने ठाउमा जमिन भासिएर कालीगण्डकी नदी थुनिएको छ । बुधबार विहान करीब १० बजेर ३० मिनेटमा घरपझोङ गाउपालिका वडा नं १ र २ को सीमानामा रहेको छैरो भन्ने ठाउँमा नदि किनारको करीब ३ सय मिटर  जमिन भासिएर नदी थुनिएको मुस्ताङका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेर नदी थुनिएको हो । नदीको एकापट्टिको किनार थुनिएर करीब २ सय मिटर फराकिलो ताल बनेको छ । भने अर्को तर्फको किनारबाट पानी बगिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले सवाल मिडियालाई जनाकारी दिनुभयो ।

नदी थुनिएको ठाउँमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको सुरक्षा टोली परिचालन गरिएको छ । सुरक्षा टोलिले पहिरोले खसेका रुखहरु पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE