Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि १९ जनाको मृत्यु

२९ भदौ, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ५८९ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९८४ जनाको मृत्यु भएको छ।  यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE