लालिगुराँस युवा क्लबद्वारा अतिआवश्यक स्वास्थ्य सामाग्री वितरण
९ जेठ, काठमाडौँ – रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ मा फुलासी लालिगुराँस युवा क्लबले अतिआवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
क्लबले स्वास्थ्य सामाग्री उपस्वास्थ्य चौकी फुलासी, प्रहरी चौकी फुलासी, स्वास्थ्य सहरीकेन्द्र आरुबोटे, आधारभूत स्वास्थ्य केन्द्र पोखरी लगायत वडा नम्बर १३ का बासिन्दालाई लक्षित गरेर वितरण गरेको हो ।
क्लवले १३ हजार थान मास्क, ४ थान अक्सिमिटर, २० सेट पीपीई सेट, २० सेट फेससिल्ड, १२ पीस थर्मोमिटर, ४ पीस थर्मलगन र २० लिटर स्यानिटाइजर वितरण गरेको क्लबका अध्यक्ष सन्तोष चौहानले जानकारी दिनुभयो । 
पहिलो चरणको स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोना महामारी अहिले तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै हाम्रो क्लबले जनताको स्वास्थ्यसँग जोडिएका कुराहरुलाई वितरण गर्ने योजना अनसार पहिलो चरणमा स्वास्थ्य सामाग्री वितरण गरेका हौुं, अध्यक्ष चौहानले भन्नुभयो ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रको जिल्ला नेता रामबहादुर तामाङ, दोरम्बा गाउँपालिका वडा नम्बर ७ वडा सचिव रामहरी अधिकारी, क्लबका सचिव उमेश कार्की लगायत स्थानीय निकायका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
त्यस्तै, दोश्रो चरणमा क्लबले आइसोलेसन सेन्टरसहित अक्सिजनको व्यवस्था गर्न जुटेको छ । अध्यक्ष चौहानले गाँउगाँउमा कोरोना कहर सुरु भएको र त्यसको लागि स्थानीय निकायसँग पर्याप्त स्रोत साधन नभएकोले देश विदेशमा रहेका सबैमा सहयोगको आग्रह समेत गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE