Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जब पत्रकारले लाइभमै हामीले तलब पाएका छैनौं भने…

जब पत्रकारले लाइभमै हामीले तलब पाएका छैनौं भने...

एजेन्सी– एक टेलिभजनका समाचार वाचकले लाइभ समाचारका दौरान आफूहरूले तलब नपाएको बताएपछि बताएका छन् । दक्षिणी अफ्रिकी मुलुक जाम्बियाका एक समाचार वाचकले यसो बताएपछि अहिले उनको चर्चा भइरहेको छ।

जाम्बियाको केबिएन टेलिभिजनका समाचार प्रस्तोता कविन्दा कालिमिनाले लाइभ समाचार पढिरहेको बेलामा उनले आफूले र अन्य सहकर्मीहरुले तलब नपाएको लाइभमा नै बताएका हुन् । समाचार बुलेटिन पढ्दै उनले गत शनिबार आफूहरु मानव नै भएको र तलब पाउनुपर्ने बताएका हुन् ।

समाचार वाचन गरिरहेका उनले क्यामेरातिर हेर्दै एक्कासी रोकिन्छन् र भन्छन्,ु ‘समाचार बाहेक, लेडिज एन्ड जेन्टलम्यान, हामी पनि मानव हौं। र हामीले पनि तलब पाउनुपर्छ। दुर्भाग्यवश, केबिएनमा हामीलाई तलब दिइएको छैन… श्यारोन र मलगायत अरू सबैलाई तलब दिइएको छैन। हामीले तलब पाउनुपर्छ।’

लाइभकै क्रममा यस्तो बताएपछि स्टेशनले उनको लाइभ काटिदिएको थियो ।

त्यसरी लाइभ आएपछि केबिएन टिभीले कालिमिनाले गरेको व्यवहारलाई रातारात ख्याति कमाउने स्टन्ट भएको बताएको छ। यसका साथै टेलिभिजन प्रस्तोता कालिमिनाले रक्सी खाएर लाइभ गएको टेलिभिजनले आरोप लगाएको छ।

कालिमिनाले रक्सी खाएर कसरी लाइभमा पसेकोबारे पनि टेलिभिजनले अनुसन्धान गरिने बताइएको छ।

यद्यपि कालिमिनाले भने सो आरोप स्वीकारेका छैनन्। उनले आफूले समाचार पढ्नुअघि तीन वटा अरू कार्यक्रम चलाएकाले कति बेला रक्सी खाएँ भनेर टेलिभिजनलाई नै प्रश्न गरेका छन् ।
उनले उक्त भिडिओ आफ्नो फेसबुक पेजमा लेखेर भनेका छन्, ‘हो, मैले लाइभ टेलिभिजनमा त्यस्तो गरें किनकी धेरैजसो पत्रकारहरू बोल्न डराउँछन् भन्नुको अर्थ यो होइन की पत्रकारहरूले बोल्नुहुन्न।’

केबिएन टिभीका प्रमुख कार्यकारी केन्नेडी म्यामबीले विज्ञप्ति जारी गर्दै उक्त व्यवहार कालिमिनाले रक्सी गरेको व्यवहार भनेका छन्।

‘भर्खरको टेलिभिजन स्टेशन हुनुको नाताले हामी धेरै प्रतिभाशाली र व्यावसायिक टिमसँग महान् चरित्रका साथ काम गर्छौं, विज्ञप्तिमा भनिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE