Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

व्यवसाय थालनी गर्नका लागि १ लाखको धनराशीको “उद्यमी युवा च्यालेन्ज” हुदै

१५ असोज, काठमाडौँ – ब्लिन्क भेनचर्स डट कम र ग्लोबल पीस फाउन्डेसन नेपाल मिलेर शान्ति, वातावरण र पर्यटन विषयक अन्तर्राष्ट्रिय सम्मेलनको अभिन्नभागको रूपमा रहेको उद्यमी युवा च्यालेन्ज नामक प्रतिस्पर्धा हुने भएको छ ।
२०७७असोज १६ गते९२ अक्टुबर २०२००, शुक्रवार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म भिडियो अनलाइन प्रविधि जूम मार्फत हुने उक्त प्रतिष्पर्धा ग्लोबल पीस फाउन्डेसनका अन्तर्राष्ट्रिय उपाध्याक्ष डेभिड क्यापराको उद्घाटन सुरु गर्ने आयोजकले जनाएको छ ।
प्रतिष्पर्धाको अन्तिम चरणसम्म पुग्न सफल प्रतिष्पर्धीहरुले भिन्न पृष्ठभूमि भएका अन्तर्राष्ट्रिय निर्णायक सामु आआफ्ना उद्यम सम्बन्धी परिकल्पना, सोँच र योजना प्रस्तुत गर्ने छन् ।
निर्णायक म‍‍‌ण्डलमा वरुण सराफः भेन्चर परोपकारी, धारावाहिक उद्यमी र ब्लिन्क भेन्चर्स डटकम र बहुसामाजिक उद्यमका संस्थापक (भारत), डा. क्लेरेन्स ट्यानः एक्स्पोनेन्सियल पोजिटिव इम्प्याक्ट बोग्ड वायरलेसका संस्थापक (अष्ट्रेलिया), सुरेश सिंह बुडालः पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी तथा पाटा फेस अफ नेपाल २०२० का विजेता (नेपाल) रहने छन् ।
प्रतिष्पर्धीहरुको प्रस्तुति लगत्तै “कोभिड–१९ को युगपछिको दिगो व्यापार” जीटिन मुन्शीः नेक्स्टमाइल कम्पनी, संस्थापक (भारत), दीपक राज जोशीः पूर्व प्रमुख कार्यकारी, (नेपाल पर्यटन बोर्ड),ओजस्वी वैद्यः सहसंस्थापक र प्रमुख कार्यकारी, टायर ट्रेजर्स नेपालले आआफ्नाअनुभव र विचारका साथै व्यवसाय गर्ने नयाँनयाँ तरिका, र उद्यम सुरु गर्नका लागि स्थीर तथा अनुकूल वातावरण कति आवश्यक हुन्छ र त्यस्तो वातावरण कसरी सिर्जना गर्ने भन्ने विषयमा विचार राख्नेछन् ।
नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच। डेलीले कार्यक्रम सफलताको शुभकामनाको सन्देश दिँदै “यो समय विशेष गरी चुनौतीपूर्ण समय हो तर विश्वलाई भिन्न रूपले हेर्ने अवसर पनि हो । सृजनात्मकता, ऊर्जा, र भविष्यका लागि प्रतिबद्धता र विद्यमान चुनौतीहरूलाई सामना गर्ने र समाधानका उपाय लागू गराउन सक्ने युवाहरू हामीलाई चाहिएको छ ।” बताएका छन् ।
महामारीका बीच अनलाइनबाट यो कार्यक्रममा सहभागी भएकाहरूको मनोरञ्जनका लागि आयुष श्रेष्ठले स्फूर्तिदायक स्टान्डअप हास्यव्यंग्य प्रस्तुत गर्नेछन् ।
तीन उत्कृष्ट व्यावसायिक अवधारणहरूलाई छनोट गरी कार्यक्रमको अन्त्यमा घोषणा गरिनेछ । विजेताले रु १ लाख र उपविजेतालाई ५० हजार र २५,००० राशीको उद्यम थालनी पुरस्कार दिइने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE