शर्माको टिप्पणी – राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य
८ जेठ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले आज बिहान समाजिक सञ्जालमार्फत त्यस विरुद्ध एकजुट हुन आग्रह गर्नुभएको हो ।
“राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं ” उहाँले लेख्नुभएको छ ।
हिजो संविधानको धारा ७६ (५) अनुसार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गर्नुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE