राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने देउवा अडान
२९ असार, काठमाडौँ – मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम रहे पनि सपथ ग्रहण गर्नुभएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिएको जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएको नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाउनुभएपछि सपथ ग्रहण ढिलाई भएको हो ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताउनुभएको छ ।
मंगलबार राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाउनुभएको हो ।
मुख्यसचिवलाई देउवाले भन्नुभयो, ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन ।’
संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको छ।
सोमबार सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ ९५० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। तर, विज्ञप्तिमा धारा, उपधारा केही उल्लेख गरिएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE