Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023

लेखनमा निरन्तर खटिरहेका गीतकार मिश्र

गीतकार कुमार मिश्र २०५५/५६ देखि कविता, नाटक रूवाई हुँदै गीत लेखन थालेका सृजनशिल कलमजिबी हुन ।

२०५७ मा (शब्दको राइफल अक्षरका गोली) नामक कविता बाट झापा जिल्ला साहित्य संघ बाट सम्मानित मिश्र गजल लेखन मा पनि उत्तिकै सकृय छन । उनका २०५७/२०५९ सम्म हिमालय दर्पण, गर्खे पत्र र दार्जेलिँग क्रोनिकल बाट मासिक रुपमा गजल सङ्गै कविता र कथा छापिएका।

२०६० सालमा इलामे साहित्य संघ द्वारा आयोजित गजल वाचन बाचनमा उनको शेष नागले लक्ष्मी बिष्णु किन डस्दैन गजलले सम्मान प्राप्त गरेको थियो । २०६४ साल देखि केहि रेकर्डिङ भएका गीतहरू बजारमा आउन थालेका मिश्रले २०७३ सालमा (सामिप्य) गजल एल्बम र २०७४ सालमा गीत गजल संग्रह (सम्बन्ध) नामक एकल एल्बम सार्बजनिक गरे ।

फुटकर रेकर्डिङ गरि ५०/६० गीत गजल सार्बजनिक गरेका गीतकार कुमार मिश्रको रोल नम्बर ७६ र सौभाग्य एल्बम रिलिज हुने तयारीमा छन ।

२०४० सालमा जन्मिएका मिश्रले हाइ स्कुल कालिम्पोङबाट र ब्याचलर झापा बाट गरेका हुन । हाल न्युयोर्कमा बसोबास गर्दै आएका मिश्र केके अप्टेक कम्पनी मार्फत नेपाली गीत संगीतको श्रीबुद्दीमा लागिरहेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE