Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

लुम्बिनी प्रदेशमा बिहीबार ३ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान

२७ साउन, काठमाडौँ – मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।

यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE