डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री ओली समेतले दबाब दिएको नागरिक आन्दोलनको आरोप
डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री ओली समेतले दबाब दिएको नागरिक आन्दोलनको आरोप
३० जेठ, काठमाडौं– बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्री केपी ओली समेतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमै बोलाई प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएको भन्दै आपत्ति जनाएको छ ।
अलायन्सले आज एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष गिरीलाई प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौतीपूर्ण रहेको भन्दै सुरक्षा प्रदान पनि आह्वान गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘ आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजिनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ ।’
झापाको बिएण्डसी अस्पताललाई सरकारले प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा नागरिक अगुवाले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा केही अगुवाहरु पक्राउ परेको केही घण्टापछि छुटेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE