Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

लाइपजिगको सहज जित

काठमाडौं – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो ।लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । क्रिस्टोफर एनकुन्कुले एक गोल गरे ।

सेल्टिक जोताले एक गोल फर्काए । लाइपजिगको यो पहिलो जित हो । समूह एफको लाइपजिगले ३ खेलमा ३ अंक जोडेको छ ।

सेल्टिक १ अंक जोडेर पुछारमा रहेको छ । अर्को खेलमा एफसी साल्जवर्गले डिनामो जेग्रेबलाई १-० ले हराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE