Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

ऊर्जामन्त्री पुनका सुरक्षागार्डलाई कोरोना संक्रमण

२ असोज
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ का सुरक्षा गार्डलाई कोरोना भाइरस संक्रमण भएको छ ।
आज आएको रिपोर्टमा सुरक्षागार्डलाई कोरोना पुष्टि भएपछि मन्त्री पुन सरकारी निवास पुल्चोककै होम आइसोलेसनमा बसेका छन्।

मन्त्री निकट स्रोतका अनुसार मन्त्री पुन, उनका परिवारका सदस्य, सचिवालयका सबै सदस्य, पिएसओ र निवासको सुरक्षामा खटिएकासहित ३० जनामा पिसिआर परीक्षण गर्दा सुरक्षागार्डमा संक्रमण पुष्टि भएको हो ।

सुरक्षागार्ड संक्रमित मन्त्रीज्यू निवासमै आइसोलेसनमा बस्‍नु भएको छु, भट्टले भने, सुरक्षागार्डको सम्पर्कमा आएका अरुको परीक्षण हुनेछ। कन्ट्याक्ट ट्रेसिङ पनि सुरू भइसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE