विमला वली माओवादीमा प्रवेश, पोखरेलको बहुमत गुम्यो
१९ वैशाख, काठमाडौँ – लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।
दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नु भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उहाँ प्रदेशसभा सदस्यमा विजयी भएको थियो । माओवादी र एमाले विभाजित भएपछि उहाँ कता लाग्ने टुंगो नलाग्दै एमालेले उहाँलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।
तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले जानकारी दिनु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE