ओलीले एमाले बैठक बोलाउने
२४ फागुन
काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरावलोकन गर्ने तयारीमा लागेका छन् ।
ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेको बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनी निकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव दिएका छन् ।
सुझावपछि ओलीले एमालेको बैठक बोलाउने र माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत लिने बताएका थिए । एकताका बेला ओली एमालेको अध्यक्ष थिए । एकतापछि बनेको नेकपाका उनी अध्यक्ष थिए ।
पार्टी एकता प्रक्रिया नसकिँदै प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजीनतिक रुपमा ओली र दाहाल नेपाल समूहमा विभाजित भएको अवस्थामा सर्वोच्चबाट यस्तो फैसला आएको हो ।
दाहाल-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले यो विषयमा थप छलफल गर्न स्थायी कमिटि बैठक बोलाउने निर्णय भएको बताए । ‘त्यसपछि मात्रै के गर्ने निर्णय हुन्छ’, श्रेष्ठले भने ।
दाहाल-नेपाल समूहले सर्वोच्चले गरेको निर्णयलाई राजनीतिक रुपमा अन्याय भनेको छ ।
ओली पक्षका नेता र सांसदले तत्कालीन एमाले संसदीय दलमा आफूहरुको बहुमत रहेकाले तत्कालीन माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएर विश्वासको मत लिन सुझाव दिएपछि अध्यक्ष एंव प्रधानमन्त्री ओलीले एमालेको बैठक राख्ने र विश्वासको मत लिने जनाउ दिएका हुन् ।
यो खबर नागरिक दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE