नेकपाप्रति जनतामा बिस्तारै आशा र भरोसा बढिरहेको छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गए पनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहौल बन्न नसकेको बताएका छन् ।
पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा बिस्तारै आशा र भरोसा बढ्दै गए पनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरूजस्तो माहौल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन् ।
वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने उनले बताए ।
त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधीनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक विकास र समृद्धिका लागि नेकपालाई विजयी गराउन पर्नेमा जोड दिए ।
उनले सिद्धान्त र राजनीतिक मुद्दाहरूका आधारमा नभई नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गरे।
उनले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन निर्देशन समेत दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE