Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरु भन्छन दुई हजार रुपैयाँमा परीक्षण गर्न सकिदैन

२९ भाद्र
काठमाडौँ—कोरोना भाइरसको संक्रमण रहेरनरहेको पुष्टि गर्न गरिने आरटी–पीसीआर परीक्षण गर्ने अनुमति पाएका १३ मध्ये १२ वटा निजी प्रयोगशालाहरुले सरकारले आइताबार घटाएर कायम गरेको शुल्क २ हजार रुपैयाँमा परीक्षण गर्न नसक्ने बताएका छन् ।

सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् । केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् ।

ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माको अध्यक्षतामा आयोजित भेलाले गरेको निर्णयमा उपत्यका बाहिरका प्रयोगशालाले समेत ऐक्यबद्धता जनाउने मौखिक जानकारी दिएको बताइएको छ । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाले सरकारलाई कोरोना महामारीको व्यवस्थापनका लागि सहयोग गरिरहेको अवस्थामा सरोकारवाला पक्षसँग कुनै सल्लाह नै नगरी परीक्षण शुल्क तोकेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

यस्तै परीक्षणको गुणस्तरका बारेमा ख्याल नै नगरी अन्य कमसल परीक्षण प्रविधिलाई बढावा दिने बहानामा पीसीआर शुल्क घटाएको आरोप पनि भेलाले लगाएको छ । भेलाले सरकारसँग निजी प्रयोगशालाहरुको प्रतिनिधित्व गर्दै छलफल गर्ने जिम्मा ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्मालाई दिएको छ ।

शर्मा नेतृत्वको टोलीले सोमबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर इन्सिडेन्ट कमाण्ड सेन्टरका प्रमुख डा. गुणराज लोहनीलाई आफ्ना निर्णय बुझाएका छन् । उक्त बेलाले डा. लोहनीलाई बुझाएको पत्रमा निजी प्रयोगशालाहरुमा परीक्षण गर्दा लाग्ने औसत मूल्य तथा खर्चका बारेमा पनि जानकारी उल्लेख गरिएको डा. शर्माले जानकारी दिएका छन् ।
यो समाचार कान्पिुर दैनिकमा छ ।

याे पनि

पीसीआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

WRITE COMMENTS FOR THIS ARTICLE