Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा यादव

८ बैशाख, काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई चयन गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले  यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनु भएको छ । समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको बताउनु भयो।

बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने भनिए पनि नभएको महतले बताउनु भयो। कांग्रेसको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE