Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

निर्वाचन आयोगले बुझायो राष्ट्रियसभा उपनिर्वाचनको परिणाम

१३ जेठ, काठमाडौँ – निर्वाचन आयोगले बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आयोगले जेठ ६ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको विवरण बिहीबार राष्ट्रपति भण्डारी समक्ष पेश गरेको हो ।

उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE