यस कारण पिउने ‘ ग्रीन टी’
एजेन्सी – वैज्ञानिकहरुल गरेको एक अध्ययन अनुसार ‘ग्रिन टी’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरुमा हुनसक्ने क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाकातर्फबाट उनले गरेको अध्ययनमा ‘ग्रिन टी’ ले क्यान्सरका जीवाणुको विकासमा रोक लगाउने र यस्तो समस्या भएकाहरुमा समेत थप विकास हुनबाट जोगाउने देखिएको छ ।
अध्ययन कर्ताहरुले ‘ग्रिन टी’ क्याप्सुलहरु पनि बनाएका छन् । जसको नाम ‘पोलिफेनन ई’ राखिएको छ ।
यसलाई दिनमा दुई पटकसम्म सेवन गर्नाले प्रोटेस्ट क्यान्सर हुने सम्भावना निकै कम हुने अध्ययनकर्ताको दाबी छ । उनीहरुले ‘ग्रिन टि’ को सेवनले क्यान्सर सेलको विकासमा रोक लगाउने र विकसित भएका क्यान्सर सेल पनि मर्ने दाबी गरेका छन् । उनीहरुले एक वर्षको अवधिमा ४९ जना बिरामीमा उपचारका क्रममा ‘ग्रिन टि’ क्याप्सुलको प्रयोग गरेर यस्तो निश्कर्षमा पुगेको बताएका छन् ।
अध्ययनकर्ताहरुकाअनुसार ‘ग्रिन टी’ क्याप्सुल प्रयोग गरिएका बिरामीहरुमा यसको प्रभाव निकै सकारात्मक देखिएको उनीहरुले दावी गरेका छन् । केही तथ्य चिकित्सक,योगगुरु तथा वैद्यहरुले ग्रीन टी पिउदा स्वस्थ्यको लागि लाभहुने कुरा गरिरहेको हुन्छ । ग्रीन टीबाट निम्न फाइदाहरु लिन सकिन्छ ।
- ग्रीन टीले आखाको ज्योती बढाउन मद्दत गर्छ ।
- शरीरमा कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना कम गर्छ ।
- दाँत र गिजालाई स्वास्थ्य राखी इन्फेक्सन हुन दिदैन ।
- यसले दिमागको कार्यसंचालन राम्रो गराउने हुनाले दिमाग तेजिलो बनाउछ ।
- गीन टीले छाला र शरिरका अरु भागमा हुने क्यान्सरको सम्भावना कम गर्छ ।
- बूढोपन कम गर्नुका साथै अल्जाइमर र पार्किन्सन जस्ता रोगको सम्भावना कम गर्छ ।
- यसले शरीरको तौल घटाउन सहयोग गर्दछ ।
- नियमित रुपमा ग्रीन टि पिउनाले जीवनको आयू पनि लम्बिने गर्छ ।
- उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टि निकै नै प्रवाभकारी मानिन्छ ।
- मानसिक तनाव कम गर्ने ग्रीन टिले एन्टी भाइरल र एन्टी ब्याक्टेरीयलको पनि काम गर्छ।
कसरी वनाउने ग्रीन टि
ग्रीन टी बनाउदा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ । उचित तरिकाले बनाएको ग्रीन टी मात्र स्यस्थ्यका लागि फाइदाजनक हुन्छ नत्र नकारात्मक असर पनि गर्नसक्छ ।
- ग्रीन टिलाई अन्य चिया जस्तो पकाएर सेवन गर्नु हुदैन ।
- सकेसम्म ग्रीन टिको लागि छुटै ‘टि पट’ भाडा प्रयोग गर्नु राम्रो हुन्छ ।
- सुरुमा गिलास वा कपमा आफ्नो स्वाद अनुसारको ग्रीन राख्ने र त्यसमा राम्ररी उमालिएको पानी हाल्ने ।
- तातो पानी हालिसकेपछि ग्रीन टि फक्रिएर पहिलेको अवस्थामै चियाको पात देखिन्छ ।
- यसरी तयार गरिएको ग्रीन टि विस्तारै सेलाएपछि पिउनुपर्छ ।
सावधानी
बजारमा धेरै किसिमका ग्रीन टि आएको छ । त्यस्ता ग्रीन टिमा रंग र स्वादका लागि केमिकल मिसाइएको हुनसक्छ । त्यसैले प्राकृतिक रुपमा प्रसोधन गरिएको ग्रीन टि सेवन गर्नु मात्र लाभदायक हुन्छ ।
- खाना खानासाथ ग्रीन टि पिउनु हुदैन ।
- साथै ग्रीन टि पिउनसाथ पनि खाना खानु हुदैन ।
- करिव एक घन्टाको अन्तरमा ग्रीन टि पिउन सकिन्छ ।
- औषधी खाइरहेका वा गर्भवती महिलाले चिकित्सकको सल्लाह अनुसार ग्रीन टि पिउनु राम्रो हो ।
- विहान उठ्नसाथ खाली पेटमा ग्रीन टि पिउनु हुदैन ।
- सुरुमा मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टि पिउनु पर्छ
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE