Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

८० वर्षीय टेकबहादुरको मुहारमा खुसी छर्दै गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा मिलिजुली परिवार

काठमाडौं । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले ८० वर्षीय एकल साहारा बिहीन टेक बहादुर सार्कीलाई दैनिक जिवनयापनमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ ।

दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ४ जिलु गैरागाउ निवासी एकल जेष्ठ नागरिक टेक बहादुर सार्कीलाई गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुलि परिवारले संयुक्त रुपमा शनिवार बुबाको मुख हेर्ने दिन पारेर सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रम संयोजक सुमन थापाका अनुसर उक्त सहयोग हस्तान्तरण कार्यक्रममा टेक बहादुरको लागि आवश्यक बेड, डस्ना, तन्ना, सिरानी, सिरक, ग्यास सिलिन्डर ग्यास चुलो, चामल, दाल, तेल, चिउरा, चिनी, चियापती, मसला नुन, बिस्कुट, साबुन, आलु, सोयाबिन, चाउचाउ, मन्जन ब्रस र खाना बनाउने प्रेसर कुकर सहित एकसरो भाडावर्तन उपलब्ध गराएको छ ।

भिमेश्वर नगरपालिका ४ का वडा अध्यक्ष तारनाथ चौलागाईंको उपस्थितिमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा सहजीकरण गर्ने मिलिजुली परिवारका सदस्य समीर श्रेष्ठ र स्थानीय पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तारानाथ चौलागाईंले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि परिवारले गरेका सामाजिक कार्यको प्रसंशा गर्दै आगमी दिनमा गरिने कार्य(सफलताको शुभकामना दिनु भएकोछ । साथै साहारा बीहिन जेष्ठ नागरिकलाई धेरै ठूलो सहयोग गरेको भन्दै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुलि परिवारलाई विशेष धन्यवाद दिनुभएको छ ।

विगत २ वर्ष देखि गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली परिवारले सामाजिक सेवामा काम गर्दै जादा ५६ वटा सहयोग हस्तान्तरणका कार्यक्रम गरिसकेको संरक्षक रारा सैंजुले बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE