Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

उच्च रक्तश्रावका कारण डोटीमा चार दिने सुत्केरी महिलाको मृत्यु

२६ कात्तिक
डोटी
– डोटीकी एक चार दिने सुत्केरी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोट घर भएकी ३० वर्षीया डम्बरी देबि साहु कठायत गए राति ११ः१५ को समयमा मृत्यु भएको स्थानीले बताएका छन् ।

चार दिन अघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा नरर्मल रुपमा नबजात शिशुको रुपमा छोरो जन्माएकी कठायतको रक्तश्राव नरोकिए पछि जिल्लामा उपचार सम्भव नभएको भन्दै सुजंग अस्पतालले धनगढी रिफर गरेको थियो ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको गएराती उनको मृत्यु भएको हो । नवजात ४ दिने शिशुको अबस्था सामान्य अस्पतालस्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE